काठमाडौं। जेठसम्म जीवन बिमा कम्पनीले १ खर्ब ७१ अर्बको बिमाशुल्क उठाएका छन्।
नेपाल बिमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नेपाल लाइफले सबभन्दा धेरै ४६ अर्ब १६ करोड रुपैयाँ कुल बिमाशुल्क उठाएर पहिलो बनेको छ।
यस्तै, दोस्रोमा नेशनल लाइफले २२ अर्ब र एलआईसी नेपालले १८ अर्ब, हिमालयन लाइफले १५ अर्ब ७९ करोड बिमाशुल्क उठाएकाे छ ।
तथ्यांकअनुसार राष्ट्रिय जीवन बिमा कम्पनीले १० अर्ब ६२ करोड, सूर्यज्योति लाइफले १० अर्ब ५२ करोड, एशियन लाइफले ८ अर्ब ७१ करोड, सिटिजन लाइफले ७ अर्ब ५९ करोड रुपैयाँ उठाएका छन्।
सानिमा रिलायन्स लाइफले ६ अर्ब ६४ करोड, आईएमई लाइफले ६ अर्ब १७ करोड, मेट लाइफले ६ अर्ब १० करोड, रिलायबल नेपाल लाइफले ५ अर्ब ४१ करोड, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब २२ करोड, सन नेपाल लाइफले ३ अर्ब ८३ करोड रुपैयाँ बिमाशुल्क उठाएकाे प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
जेठसम्म सबैभन्दा बढी बिमाशुल्क उठाउने शीर्ष १० जीवन बिमा कम्पनी
नेपाल लाइफ इन्स्योरेन्स – ४६ अर्ब १६ करोड रुपैयाँ
नेशनल लाइफ इन्स्योरेन्स – २२ अर्ब रुपैयाँ
एलआईसी नेपाल – १८ अर्ब रुपैयाँ
हिमालयन लाइफ इन्स्योरेन्स – १५ अर्ब ७९ करोड रुपैयाँ
राष्ट्रिय जीवन बिमा कम्पनी – १० अर्ब ६२ करोड रुपैयाँ
सूर्यज्योति लाइफ इन्स्योरेन्स – १० अर्ब ५२ करोड रुपैयाँ
एशियन लाइफ इन्स्योरेन्स – ८ अर्ब ७१ करोड रुपैयाँ
सिटिजन लाइफ इन्स्योरेन्स – ७ अर्ब ५९ करोड रुपैयाँ
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स – ६ अर्ब ६४ करोड रुपैयाँ
आईएमई लाइफ इन्स्योरेन्स – ६ अर्ब १७ करोड रुपैयाँ
प्रतिक्रिया दिनुहोस