२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

सामाजिक सञ्जाल विधेयक अराजकता घटाउन हो : नेता ढकाल

शनिवार , फाल्गुण २४, २०८१

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवं जनवर्गीय सङ्गठन समन्वय संयन्त्र प्रमुख भनुभक्त ढकालले सामाजिक सञ्जाल विधेयक मिडिया क्षेत्रको नियन्त्रण गर्न नभई अराजकता घटाउन ल्याउन लागिएको बताएका छन् ।

प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन समारोमा उनले विधेयकमा भएका कमजोरी सच्याउन आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, “बलियो सरकार भएकै बेला सच्याउँ र कार्यान्वयनमा ल्याउँ, बलियो सरकार भएकै बेला काम गर्न सकिएन भनेपछि गर्न सकिँदैन ।”

नेता ढकालले सरकार दुईपटक ढल्ने बताए । उनले भने, “एक पटक २०८३ असारमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार र २०८४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार ढल्छ ।”

दुई नेता देउवा र ओलीको समझदारी भएसम्म कसैले बोल्दैमा फरक नपर्ने स्थायी कमिटी सदस्य ढकालले बताए । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनलाई स्वस्थ्य र मर्यादित बनाउन मिडियाबाट सहयोगका लागि उनले आग्रह गरे ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले लोकतन्त्रका लागि स्वतन्त्र मिडिया आवश्यक रहेको बताए । उनले त्यसैले सामाजिक सञ्जाल विधेयक लोकतन्त्रको पक्षमा र मिडियाको पक्षमा हुने बताए ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, एमाले बागमती प्रदेशका उपसचिव भक्तकुमारी लामा, प्रेस चौतारीका नेता विश्वमणि सुवेदी, प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, प्रेस सेन्टरका नेता विक्रमरत्न श्रेष्ठ लगायतले प्रेस स्वतन्त्रताको पक्षमा एकताबद्ध हुनपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार