२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

आर्थिक हिनामिना तथा ठगी गरेको भन्दै जनमत पार्टीद्वारा कोषाध्यक्ष यादवलाई स्पष्टीकरण माग

शनिवार , फाल्गुण २४, २०८१

काठमाडौँ । डा. सिके राउतले नेतृत्व गर्नु भएको जनमत पार्टीले आफ्नै राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई आज आर्थिक हिनामिना तथा ठगी गरेको भन्दै स्पष्टीकरण माग गरेको छ ।

पार्टीमा कोषाध्यक्ष यादवबिरुद्ध पटक–पटक ठगी गरेको भनेर पीडित पक्षबाट उजुरी परेपछि पीडितहरुको हरहिसाब क्लियर गर्न पटक–पटक अनुरोध गर्दा पनि सो नगरेको र उल्टै दम्भ देखाएका कारण आज पार्टीले निलम्बन सहित स्पष्टीकरण माग गरेको सो पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कोषाध्यक्ष सुरेन्द्रनारायण जी बिरुद्ध ठगी गरेको भनेर पीडित पक्षबाट पटक पटक उजुरी आएका छन् । पीडितको हरहिसाब क्लियर गर्न हामीले समय समयमा निकै आग्रह गर्‍यौँ उहाँले मान्नु भएन । आज बाध्य भएर पार्टीले निलम्बन गरेको हो ।”

“पार्टीको जानकारी र अनुमतिबिना गैरआवासीय मधेसी संघका विदेशमा बस्दै आएका ६० जनाभन्दा बढी कार्यकर्ता, नेता तथा एरिया इन्चार्जबाट लगानी शेयर तथा लेवीका नाममा तपाईं तथा संघका पूर्व अध्यक्षहरू ई। बसन्तकुमार कुशवाहा, ई। शम्भुनाथ साहले करौडौँ पैसा उठाएर काठमाडौँको कोटेश्वरमा घर किनी प्रवासी होटल चलाउने, जनकपुरमा घररस्कुल चलाउने सहितका विभिन्न कारोबारहरू सञ्चालन गर्दै आएको तर सोको हरहिसाब वा लाभ उनीहरूलाई नबुझाउने, पैसा पनि फिर्ता नगरिदिने र सोको विषयमा पार्टीमा पटक–पटक ठगी गरेको भनेर उजुरी परे पछि तपाईंलाई पटक–पटक अनुरोध गर्दा पनि सो हरहिसाब उनीहरूसँग क्लियर नगरेको र उल्टा दम्भ देखाएको, यसले गर्दाखेरि पार्टीमाथि नै असर पुगेको ।” जनमत पार्टीले गरेको निलम्बन पत्रमा उल्लेख गरिएको छ ।

विभिन्न चार बुँदे आरोप लगाउँदै पार्टीको केन्द्रिय अनुशासन समितिले उनलाई स्पष्टीकरण माग गर्दै निलम्बन गरेको प्रवक्ता डा.सिंहले बताउनुभयो ।

“तपाईंले जनमत पार्टीको विधान २०७५ को धारा ३९ ९क० को उपधारा १,२,३,४,५,६,८,१०, १३,१४ उल्लंघन गर्नु भएकोमा तपाईंमाथि किन कारबाही हुनु नपर्ने हो ७ दिन भित्र स्पष्टीकरण दिनु हुन अनुरोध छ । साथै कारबाही प्रक्रियाभर तपाईं राष्ट्रिय कोषाध्यक्षको पदबाट समेत निलम्बन रहने व्यहोरा सूचित गरिन्छ ।” समितिका सदस्य सचिव अनिताकुमारी मण्डलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट