शनिबार, चैत्र २ २०८१

शनिबार, चैत्र २ २०८१

सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्छ : नेकपा एस

सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्छ : नेकपा एस

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली छानबिन आयोग गठन गर्न माग गरेको छ । आन्दोलनको कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली छानबिन आयोग गठन गर्नुपर्ने बताएको हो ।

अहिले सरकारी प्रशासन, न्यायिक क्षेत्र र राजनीतिमा भ्रष्टाचार र ढिलासुस्ती व्याप्त रहेको एकीकृत समाजवादीको निष्कर्ष छ ।

पत्रकार सम्मेलनमा बोल्दै महासचिव घनश्याम भुसालले राज्यका कैयन निकायहरू अनावश्यक रहेको बताए । निर्वाचन प्रणाली खर्चिलो र भ्रष्टाचारलाई प्रोत्साहित गर्ने खालको छ भएको र संघीय, प्रादेशिक र स्थानीय सरकारले आवश्यक सेवा प्रवाह नगरेको उनले बताए ।

सार्वजनिक, सामाजिक संघसंस्थाहरूमा समेत दलालतन्त्र हाबी भएको उनले बताए ।

त्यस्तै, यनले पार्टीले गर्न लागेको आन्दोलन मिसन ०८४ को लागि नभएको दाबी गरे । उनले यो आन्दोलन पार्टी वा सत्ता ओगट्न नभइ जनताको ठाउँ ओगट्न भएको बताए ।

समय र प्रकृतिको हिसाबले यस आन्दोलन फरक हुनेसमेत भुसालले बताए ।

एकीकृत समाजवादीले घोषणा गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत चैत २ देखि ६ गतेसम्म मातहतका कमिटीहरूमा छलफल हुनेछ । त्यसैगरी चैत ७ देखि १५ गतेसम्म केन्द्रीय तहमा विभिन्न संघसंगठन तथा व्यक्तिहरूसँग सुझाव संकलन गर्नेछ भने चैत २० मा सरकारलाई ज्ञापनपत्र बुझाउने र चैतमसान्तभित्र प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद हुनेछ ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend