बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

प्रतिनिधिसभा : बालीको बिमा गराउन माग, कुन सांसदले के भने ?

प्रतिनिधिसभा : बालीको बिमा गराउन माग, कुन सांसदले के भने ?

काठमाडौँ । सांसद हितराज पाण्डेले गत फागुन २८ र २९ गते गण्डकी एवं बागमती प्रदेशका विभिन्न जिल्लामा आएको असिनाबाट किसानलाई ठूलो क्षति भएको बताउँदै क्षतिको तथ्याङ्क सङ्कलन गरी संसद्मा जानकारी गराउन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले किसानको बालीको बिमा गराउन माग समेत गरे ।

सांसद रामहरि खतिवडाले सभामुखको दाहिनेतिर राखिएको क्यामेरा बिग्रिएकाले मर्मत गर्न माग गरे ।

सांसद मनीष झाले विसं २०८० भदौ ५ गतदेखि झापाको सुरुङगास्थित नेपाल टेलिकमको कार्यालयका लेखा अधिकृत तथा निमित्त कार्यालय प्रमुख दिलीप सुवेदी बेपत्ता रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराए । उक्त घटनाको शीघ्र अनुसन्धान गरी पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन समेत उनले माग गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend