२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

संकटको बेला युट्युवबाट जन्मिएको सीप : ‘प्रमिला हस्तकला’

आइतवार , चैत्र २, २०८१

विराटनगर । विराटनगर वडा नम्बर १५ की प्रमिला डंगोलको २०७६ अगाडि रेडिमेट सामानको पसल थियो । पसल सञ्चालन गरिरहेकी उनलाई त्यही पसलबाट जीविका चलिरहेको थियो ।

२०७६ मा कोरोना कहर सुरु भयो । उनको पसल बन्द गर्नुपर्ने भयो । पसल गरेर त्यहीबाट आएको आम्दानीले घरखर्च धानिरहेकी डंगोललाई पसल बन्द गरेपछि कसरी घरखर्च चलाउनु भन्ने चिन्ताले पिरोल्न थाल्यो । फुर्सदको समयलाई समुपयोग गर्दै पयाउनी बेला बेलामा युट्युव हेर्न थालिन् ।

युट्युव हेर्दै जाँदा उनी गीत र टेलिफिल्म मात्र हैन, सीप कसरी सिक्न सकिन्छ भनेर खोज्न थालिन् । यसैक्रममा उनी हाते सिपको बारेमा हेर्न र बुझ्न थालिन । नियमित युट्युव हेर्दै डंगोलले धागो लिएर कुरुष चलाउन थालिन् ।

No description available.

उनले झोला, ब्याग लगायत विभिन्न हाते सामग्री बनाउन थालिन् । एक दुई वटा बच्चाको टोपी तथा विभिन्न खाले कपडा बुनेर उनले फेसबुकमा राखिन् । फेसबुकमा राखेको केही समयमा नै अडर आएपछि उनले व्यवसायीक रुपमा अगाडि बढाउने निधो गरिन् । र, सोही बेलादेखि सुरु भयो उनको हस्तकलाको व्यवसायीक यात्रा ।

युट्युवमा हेरेर सिकेको सीपले विस्तारै व्यवसायिक रुप लिन थालेपछि उनलाई आनन्द लाग्न थाल्यो । पसल बन्द गरेर बस्नुपरेको चिन्ता हट्यो । सामाजिक सञ्जालबाट अडरहरु आउन थाले । उनले एक्लैले अडर धान्न नभ्याउने भएपछि गाउँका एक दुई जना महिला दिदीबहिनीलाई आफ्नो कामको बारेमा भनिन् । घरको काम भ्याएर फुर्सदको समयमा गर्न सकिने काम भएकाले पनि गाउँका दिदीबहिनीले आफू पनि गर्ने ईच्छा व्यक्त गरे ।

कोरोना कहर । फुर्सदको समय । विराटनगर १५ का १०-११ जना महिला दिदीबहिनीले आम्दानीको गजब्बको मेलो बनाए । ११ जना महिला दिदीबहिनी जम्मा भए । एक अर्काको सीप आदानप्रदान गरे । जसलाई जे आउँछ त्यही बनाउन थाले । आफूले बनाएको चिज सामाजिक सञ्जालमा राख्दै विक्री गर्न थाले ।

छोटो समयमा व्यवसायिक रुपमा काम गर्न पाएको र वरपरका दिदीबहिनीलाई थोरै भएपनि आयआर्जनको बाटो देखाउन पाएकोमा डंगोल खुसी छिन् ।

No description available.

अहिले पनि प्रमिला हस्तकलामा ११ जना दिदीबहिनी छन् । सबैले आ-आफ्नो फेसबुक पेजबाट उत्पादित सामानको प्रचार गर्छन् । अडर लिन्छन् । घरको काम सकेर फुर्सदको समयलाई सदुपयोग गरेर पनि राम्रो आम्दानी गरिरहेको डंगोलले जानकारी दिईन् ।

विशेषगरी महिलाहरुले प्रयोग गर्ने साईड ब्याग, चप्पल, माला, बच्चाले लगाउने टोपी, हेडिविन, घाँगर, मोजा, कृस्टलका सामाग्रीहरु लगायतका सामानहरु ब्नाउने गरेको उनले बताईन् ।

उत्पादित सामानहरु विशेषगरी हङ्कङ, अष्ट्रेलिया, जापान लगायतका देशमा रहेका नेपालीहरुले नै बढी अडर गर्ने गरेको डंगोलले बताईन् ।

पछिल्लो समयमा विराटनगर लगायत आसपासमा लाग्ने मेला महोत्सवमा पनि उत्पादित सामानहरुको स्टल राख्ने गरेको बताउँदै डंगोलले बजारीकरणमा सहज भएको बताईन् । अहिले उनी घरेलु तथा साना उद्योग महासंघ, वुमन मोरङ च्याप्टरको सदस्य रहेकी उनी विभिन्न साना उद्यमी संस्थाहरुमा आवद्ध भएर काम गरिरहेकी छिन् । संस्थामा रहेर काम गर्दा उत्पादित बस्तुहरुको प्रचार प्रसारसँगै बजारीकरणमा सजिलो हुने उनको अनुभव छ ।

No description available.

पछिल्लो समयमा नबिल बैंकले महेन्द्र मोरङ क्याम्पससँग मिलेर गरेको कार्यक्रम नबिल सामाजिक उद्यमशिलता ‘नबिल एसएसई’ मा सहभागि भएपछि आफ्नै समुदायमा बसेर काम गर्न सकिन्छ भन्ने अनुभव भएको उनले बताईन् ।

यस्ता कार्यक्रमले उद्यमशिलताको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उनले आफ्नो उद्यमलाई दिगो रुपमा कसरी अगाडि बढाउने, समाजलाई समेत कसरी लाभान्वित गराउने र विभिन्न चुनौतिहरु क्सरी पार गर्दै अघि बढ्ने लगायतका कुराहरु सिकेको बताईन् ।

No description available.

उद्यमी डंगोलले समुदायका दिदीबहिनी र गृहिणीहरुलाई सशक्त पार्दै उनीहरुलाई आर्थिक रुपमा बलियो बनाउने तथा रोजगारी सिर्जना गर्ने आफ्नो उदेश्य रहेको बताईन् । ‘मेरो मिशन सिपलाई दिगो अभ्यास प्रवद्र्धन गर्दै स्थानीय स्रोतसाधनबाट वातावरणमैत्री हस्तकला उत्पादन गर्ने स्थायी धरोहर निर्माण गर्नु हो’, उनले भनिन् ।

No description available.

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट