सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

‘सुकुम्बासीलाई जग्गा वितरण होइन भूमि व्यवस्थापन गर्न सरकार लागेको छ’ : मन्त्री अधिकारी

‘सुकुम्बासीलाई जग्गा वितरण होइन भूमि व्यवस्थापन गर्न सरकार लागेको छ’ : मन्त्री अधिकारी

चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सुकुम्बासीलाई जग्गा वितरण गर्न नभई व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताएका छन् ।

भरतपुर महानगरपालिका–११ मा आज आयोजित भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको लागि जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण कार्यक्रममा उनले जग्गा एक ठाउँमा लिने अनि बेचेर अर्को ठाउँमा जाने सुकुमबासी भएर बस्नेजस्ता परिपाटीलाई नियन्त्रण गर्न लागेको बताए ।

उनले भने, “सुकुम्बासीलाई भूमि वितरण होइन व्यवस्थापन गर्ने सोचका साथ नीति बनाएका छौँ । हाल ऐननियमअनुसार दिन नमिल्ने जग्गाको समस्या फुकाउन सरकार तत्पर रहेको छ । यसका लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको भए पनि राष्ट्रियसभामा बहुमत नपुग्दा रोकिएको छ ।”

भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले भूमि व्यवस्थापन एवं सुकुम्बासीका समस्या सम्बोधन गर्ने उद्देश्यले आयोगले निरन्तर काम गरिरहेको बताए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज महानगरका तीन वडाका एक सय २९ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको जानकारी दिइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend