२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलामा १ लाख ७५ हजार २ सय पुग्यो

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसभन्दा पहिलो गत चैत १ गते शुक्रबार सुनको मूल्यले रेकर्ड बनाएको थियो।

त्यसदिन सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। सो दिनको उचाईलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट