
काठमाडौं । सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले निममित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
सरकारले चैत २४ गते परेको राम नवमीको अवसरमा सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदनमा अर्घाखाँचीका यदुनाथ पौडेललाई नियुक्त गर्न सञ्चालक समितिलाई निर्देशन दिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend