२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

स्ववियु निर्वाचन : अनेरास्ववियू (समाजवादी)द्वारा काभ्रेको विभिन्न क्याम्पसमा विजयी हासिल

बुधवार , चैत्र ५, २०८१

काभ्रे । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा अनेरास्ववियू काभ्रेले विभिन्न पदमा जीत हासिल गरेको छ । काभ्रे बहुमुखी क्याम्पसमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका दुई सदस्य निर्वाचित भएका छन् ।

काभ्रे बहुमुखी क्याम्पसमा प्यानलसहित मित्रवत प्रतिस्पर्धा भएको थियो । जिल्लाका अन्य क्याम्पसमा भने अनेरास्ववियू (समाजवादी), नेविसंघ (नेपाली कांग्रेस) अखिल क्रान्तिकारी (माओवादी) अनेरास्ववियु (एमाले) र विप्लव सि का विद्यार्थी संगठनबीच साझा सहमति भएको थियो ।

जिल्लाका १४ क्याम्पस मध्य काभ्रे बहुमुखी क्याम्पसमा मात्रै निर्वाचन भएको थियो भने अन्य क्याम्पसमा सर्वसहमत गरिएको थियो । काभ्रे बहुमुखी क्याम्पसमा (समाजवादी) अनेरास्ववियूको तर्फबाट सन्ध्या गिरि र सुनिता गोइत निर्वाचित भएका छन भने सर्वमङ्गला बहुमुखी क्याम्पस पाँचखालमा कोषाध्यक्ष समिता श्रेष्ठलाई सर्वसहमत निर्वाचित गराइएको थियो ।

यस्तै अन्य क्याम्पसहरुमा तेजगँगा क्याम्पस पनौतीमा कोषाध्यक्ष पुजा बजगाई, सदस्य सविता खत्री र इन्द्रेश्वर क्याम्पस पनौतीमा सदस्य विवस श्रेष्ठ, प्रभा क्याम्पस चौरीदेउरालीमा सहसचिव विरेन्द्र दुलाल, सदस्य दिपा चौलागाईं सर्वसहमत निर्वाचित भएका छन् ।

जिल्लाका १३ क्याम्पसहरुमा अनेरास्ववियूको संगठन दर्ता भएको थियो, ती क्याम्पसहरुबाट उचित र सन्तोषजनक परिणाम आएको काभ्रे जिल्ला, मोर्चा संगठन प्रमुख भेषराज शाहले बताए ।

अनेरास्ववियू काभ्रेका संयोजक रामेश्वर आचार्यले परिस्थितिगत प्रतिकुलता, पार्टीका विभिन्न तहमा रहेर भूमिका निर्वाह गर्नेहरुको साथ, सहयोगका बीच स्ववियु निर्वाचनमा केही विद्यार्थी नेताहरूलाई जिताउन प्रत्यक्ष, अप्रत्यक्ष भूमिका निर्वाह गर्नेप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार