२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

‘वन क्षेत्र उत्पादनशील वनमा रुपान्तरण भइरहेको छ’ : मन्त्री ठकुरी

बुधवार , चैत्र ५, २०८१

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई उत्पादनशील वनमा रुपान्तरण गर्न दिगो वन व्यवस्थापनका क्रियाकलाप सञ्चालन गरिएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राखेको मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उनले वन डढेलो व्यवस्थापनका लागि नेपाली सेनाको सहयोग र समन्वयमा सशस्त्र वन रक्षक एवं स्थानीय समुदायसमेत परिचालन गरी वन डढेलो नियन्त्रण भइरहेको जानकारी दिए ।

मन्त्री ठकुरीले वन तथा वातावरणक्षेत्रसँग सम्बन्धित क्रियाकलापमार्फत चालु आर्थिक वर्षमा ४० हजार जनालाई रोजगारी सिर्जना हुने र त्यसबाट युवाशक्ति विदेश पलायन कम गर्न सहयोग मिल्ने अनुमान गरिएको पनि बताए ।

“राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, जलवायु उत्थानशील चुरे कार्यक्रम, जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना, गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनालमार्फत भिरालो जग्गामा बहुवर्षीय (फलफूल) खेती, निजी जग्गामा कृषि वन प्रवर्द्धन, फलफूलका बिरुवा रोपण गरी फलफूलखेती विस्तार गरी कृषि उत्पादन तथा फलफूल खेती प्रवर्द्धन गर्ने तथा खाली जग्गामा बाँस,अम्रिसो,अन्य बिरुवा रोपण तथा व्यवस्थापन गरी मौजुदा बाँझो जग्गालाई उत्पादनसँग जोड्ने कार्यक्रम छ”, उनले भने ।

मन्त्री ठकुरीले जलवायु परिवर्तन समेतका कारणले निम्त्याउने प्राकृतिक विपद् जोखिम न्यूनीकरणका लागि नदी तथा खोला किनारा स्थिरीकरण, व्यस्थापन, गल्छी/पहिरो/खहरे रोकथाम, क्षतिग्रस्त भूमिमा तारबारसहित वृक्षरोपण गरी जग्गा पुनःस्थापन, तटबन्ध निर्माणलगायतका कार्यक्रम कार्यान्वयनको चरणमा रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार