काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको सवाल–जवाफ सुरु भएको छ । बिहीबारको प्रतिनिधिसभामा आकस्मिक र शून्य समयपछि प्रश्नोत्तर कार्यक्रम सुरु भएको हो ।
प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधान छ ।
नयाँ समीकरण बनेसँगै प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको सदनमा यो चौथो सवाल–जवाफ हो ।
प्रतिक्रिया दिनुहोस