शनिबार, चैत्र ९ २०८१

शनिबार, चैत्र ९ २०८१

युवालाई उद्यमी बनाउन सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री ओली

युवालाई उद्यमी बनाउन सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रोजगारी सिर्जना र उद्यमशीलताका लागि काम गरिरहेको बताएका छन् ।

नेकपा एमालेका सांसद भगवती चौधरीले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले युवालाई रोजगारी र उद्यमशील बनाउन सरकाले आर्थिक प्रवन्ध गरिरहेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले नवप्रवर्तनका लागि सरकारले सस्तो ब्याजमा कर्जा दिने व्यवस्था मिलाएको उनले सुनाए । बजेट तयारीमा लागेको र यसका लागि काम भइरहेको, अहिले आर्थिक अवस्था बदल्न काम गरिरहेको छ । तीनै तहका सरकारहरुले आफ्नो प्रयास गरिरहेका प्रधानमन्त्री ओलीले बताए ।

अध्ययनका लागि बाहिर जान नपर्ने अवस्थाको सिर्जना गर्न उद्यमशीलताको विकास आवश्यक भएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘विदेश जाने स्वतन्त्रता भएकाले बलजफ्ती रोक्न सकिन्न । खेती गर्न छाडोर महंगो ब्याजमा ऋण काढेर बाहिर जान रोकिनुपर्छ । यसका लागि चेतना वृद्धि आवश्यक भएको छ ।’

मुलुकमा केही भएन, यो पनि भएन, त्यो पनि भएन अब केही पनि हुँदैन भनेर नभएको निराशाको व्यापार भएकोमा गुनासो गर्दै उनले भने समाजमा आएका नकरात्मक भाष्यले ठूलो असर गरेको छ ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend