२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबार पुर्याएको छ : प्रधानमन्त्री ओली

बिहिवार , चैत्र ६, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि गठन भएको स्थानीय सरकारले वास्तवमै गाउँगाउँमा सिंहदरबार पुर्याएको बताएका छन् ।

नेपाल नगरपालिका सङ्घको आज यहाँ आयोजित ३२औँ वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानस्वरुप राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट गरे ।

“संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे बहस भएको छ तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन । त्यसकारण स्थानीय सरकारको कुनै विकल्प छैन । जनतालाई सेवा दिने नजिकको सरकार यही हो”, जनप्रतिनिधिमाझ प्रधानमन्त्री ओलीले भने, “स्थानीय तहका समस्या र मागलाई उचित नीति र कानुनको निर्माण गरेर क्रमशः समाधान गरिनेछ । यसमा तीनवटै तहका सरकारबीच आवश्यक सहकार्य र समन्वय हुनेछ ।”

प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउने नाममा भइरहेका गतिविधिप्रति लक्ष्य गर्दै राजतन्त्रकालमा लादिएका निरङ्कुशतालाई जनताले नबिर्सिएकाले गणतन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार