२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

आगामी निर्वाचनमा गठबन्धन नगरी माओवादी अग्रस्थानमा पुग्नसक्ने आधार बन्दैछ : अध्यक्ष दाहाल

बिहिवार , चैत्र ६, २०८१

बारा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरी चुनावी मैदानमा उत्रिए पनि आफ्नो पार्टी अग्रस्थानमा पुग्नसक्ने आधार बन्दै गएको बताएका छन् ।

जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेस जागरणसभामा देशको पछिल्लो राजनीतिक घटनाक्रमले माओवादीलाई धेरै सीट जित्ने आधार बन्दै गएको बताएका हुन् ।

विगतमा कांग्रेस र एमालेसँग मिलेर चुनाव लड्दा माओवादीलाई घाटा भएको बताउँदै उनले अब एक्लैले चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार बलियो बन्दै गएको उल्लेख गरे । गत उपनिर्वाचन र हालै सम्पन्न स्ववियु निर्वाचनले माओवादीको सामथ्र्य एवं यो दलप्रतिको जनाधार पुष्टि भएको उनको अभिमत थियो ।

“उपनिर्वाचनमा कांग्रेस एमाले मिलेर मात्र होइन, उनीहरुले आपसमा चुनाव चिह्न साटफेर गरेर माओवादीविरुद्ध लड्दा पनि हामीले धेरै ठाउँमा भारी मतान्तरले जितेका थियौँ,” उनले भने ।

हुलाकी मार्ग दक्षिण नेपालको जीवनरेखा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले हुलाकी मार्ग निर्माणले गति लिइरहेको भए पनि विभिन्न ठाउँमा पुल बन्न नसकेकाले यो मार्गलाई पूर्णता दिन अभियानले सहयोग गर्ने बताए ।

पृथक प्रसङ्गमा अध्यक्ष दाहालले जनताको अधिकारको रक्षाका लागि प्रतिगामी र यथास्थितिवादी शक्तिका विरुद्ध लड्नुपर्ने दायित्व फेरि जनताकै काँधमा आएको बताए । उनले पार्टीले अघि बढाएको तराई–मधेस जागरण अभियानले दक्षिण नेपालका लाखौँ जनतामा नयाँ माओवादीप्रति भरोसा जगाएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार