
ग्रीस, सिन्ह्वा । बिहीबार १४४ औं अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सत्रमा मतदानपछि बक्सिङलाई आधिकारिक रूपमा लस एन्जलस सन् २०२८ ओलम्पिक खेलकुदको कार्यक्रममा समावेश गरिएको छ ।
आईओसी कार्यकारी बोर्डले फेब्रुअरी २६ मा विश्व बक्सिङलाई अन्तर्राष्ट्रिय महासंघको रूपमा अस्थायी रूपमा मान्यता दिएका र खेललाई आईओसी सत्रमा समावेश गर्न सिफारिस गरेको थियो ।
सन् २०२२ मा स्वीकृत एलए२८ कार्यक्रमबाट बक्सिङलाई अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबीए) बाट बहिष्कृत गरिएको थियो ।
बक्सिङ पहिलो पटक सन् १९०४ मा आधुनिक ओलम्पिकमा देखा प¥यो र सन् १९१२ को स्टकहोम बाहेक सबै संस्करणमा प्रस्तुत गरिएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend