
चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको गठन नै गलत उद्देश्यबाट भएको जिकिर गरेका छन् ।
माडीको बरुवा बजारमा सम्पन्न जागरण सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुले भ्रष्टाचार बिरोधी र सामाजिक न्यायका विभिन्न काम गर्दैगर्दा देशका दलाल पुँजीपति, नोकरशाही प्रतिक्रियावादी र रातारात करोडौं र अरबौं खान पल्केका बिचौलियाहरुले सदनमा भएको संख्याको बलको कारण सरकार बाहिर जान बाध्य पारेको आरोप लगाएका हुन् ।
आफू नेतृत्वको सरकारले मिटरब्याज पिडितलाई न्याय, नागरिकताको समस्या समाधान, सामाजिक सुरक्षा कोष स्थापना, आर्थिक संकटबाट नेपाललाई मुक्त गर्न राहत दिलाउने लगायतको काम गरेको, भारत, चीन र राष्ट्रसंघसंग राम्रो सम्बन्ध कायम गरेको उनको दावी थियो ।
अब आफ्नै वर्गको बलमा सरकारबिरुद्ध र धमिलो पानीमा माछा मार्न खोजेका राजावादीहरुका बिरुद्ध संघर्ष गर्ने भन्दै उनले चैत १५ गते काठमाडौंमा हुने बिरोध सभामा सहभागी हुन सबैमा अनुरोध समेत गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend