सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

कता हराए स्वर्णिम वाग्ले ?

कता हराए स्वर्णिम वाग्ले ?

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको विदेश मन्त्रालयको निमन्त्रणमा राइसिना डायलग कार्यक्रमका लागि गत हप्ता भारत जानुभयो । त्यस कार्यक्रमका आयोजकले उनीहरुको वेभसाइटमा सहभागीहरुको फोटो अपलोड गरिरहेका थिए । तर सुरुमै मन्त्रीहरुको राखेका थिएनन् । सांसद तथा अन्य अधिकारीहरुको मात्र राखेका थिए ।

यसैक्रममा एक दिन रास्वपाका सांसद स्वर्णिम वाग्लेको राखेका थिए । वेभसाइटबाट त्यही फोटो निकालेर यहाँ फेसबुकमा लेख्न थालियो कि– स्वर्णिमको फोटो आयो, मन्त्रीको आएन । त्यसैले मन्त्री डा राणा उक्त कार्यक्रममा नबोलाइकै जानुभएको हो ।

सो राइसिना डायलग कार्यक्रम मार्च १७ देखि १९ सम्म आयोजना गरिएको थियो र २० तारिखमा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर कन्क्लेभको आयोजना गरिएको थियो । त्यसैले आयोजकहरुले उदघाटन सत्रको अघिल्लो दिनदेखि मात्र मन्त्रीहरुको फोटो वेभसाइटमा अपलोड गरे । जसमा नेपालका परराष्टमन्त्रीको फाटो सुरुमै राखेका छन् ।

परराष्ट्रमन्त्री डा राणाले त्यहाँ रहँदा तीन ओटा कार्यक्रमलाई सम्बोधन गर्नुभयो । चार देशका विदेशमन्त्रीसँगैको राउन्टेबल सेसनमा बोल्नुभयो । त्यसैदिन साँझ सोही कार्यक्रमकै पोड काष्टमा बोल्नुभयो । अनि २० तारिखको कन्क्लेभमा २० मिनेट सम्बोधन नै गर्नुभयो ।

यसै भ्रमणका क्रममा उहाँले भारतका विदेशमन्त्री डा एस जयशंकरसँग अर्थपूर्ण वार्ता गर्नुभयो । नेपाल भारत सम्बन्धका धेरै कुरा भए । नेपालमा भारतबाट निर्यात भई आउने विद्युतको मात्रा बढाउन कूटनीतिक पहलकदमी नै लिनुभयो । जुन कुरा मिडियामा आइसकेको छ ।

अर्काे कुरा उहाँ त्यहाँ रहँदा फिलिपिन्स, जर्जियाका विदेशमन्त्री, मल्दोभाका उपप्रधानमन्त्री मात्र नभएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एसियाका लागि सुरक्ष निर्देशकसँग समेत भेटर विपिन जोशीको रिहाइ र नेपालमा एमसीसी परियोजनाको निरन्तरताका बारेमा कुराकानी नै राख्नुभयो ।

तर यहाँ उल्लेख गर्न खोजिएको प्रसंग रास्वपाबाट कार्यक्रममा सहभागी स्वर्णिमको उपस्थितिको हो । यसअघि जसरी सामाजिक सञ्जालमा स्वर्णिमको फोटो राखेर परराष्ट्र मन्त्रीको उपस्थितिको प्रश्न उठाइएको थियो त्यसैगरी स्वर्णिम सो कार्यक्रममा सहभागी भए कि भएनन् ?

यस विषयमा न कतै चर्चा भयो नत समाचार नै आयो । बरु नयाँ दिल्लीमा पुगेका नेपालका पत्रकारले खोज्दै थिए– खोइ त स्वर्णिम भनेर । उनले सो डायलगमा सम्बोधन गरे गरेनन् ? या कुनै सेसनमा सहभागी भए भएनन् ? यी कुनै विषयमा केही आएन ।

उनी त हराए हराए, उनको फोटो राखेर फेसबुकमा गुणगान गाउनेहरु पनि सँगसँगै हराएका छन् । उनीहरुले अहिलेसम्म राइसिनामा स्वर्णिमको खोजी गरेका छैनन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend