२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

प्रधानमन्त्रीको गुनासो, 'प्रतिपक्षहरु सत्यलाई ढाक्न र झुटलाई फैलाउन सक्रिय भए'

मंगलवार , चैत्र ११, २०८१

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार 'सुखी नेपाली समृद्ध नेपाल' अभियान सफल बनाउन लागिपरेको तर विरोधीहरू यसलाई सफल बनाउन नदिन लागिरहेको आरोप लगाएका छन्। मङ्गलबार ललितपुरमा आयोजित प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालको १०औँ राष्ट्रिय महाअधिवेशनलाई सम्बोधन गर्दै सरकार आफ्ना विषय र काममा केन्द्रित भइरहेको जिकिर गरे ।

उनले भने, ‘केही मानिसहरू समृद्ध नेपाल खुसी नेपाली राष्ट्रिय आकांक्षालाई सफल पार्न नदिनका लागि लागेका छन्, त्यो स्वाभाविक पनि हो । ‘विरोधीहरू लाग्छन्, यद्यपि वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो तर त्यस्तो भइरहेको छैन। कसरी सरकार वा आफू बाहेकलाई बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न र झुटलाई फैलाउन सकिन्छ भन्ने कुरामा उहाँहरू बहुत नै सक्रिय देखिनुहुन्छ।’

विपक्षीहरूले अनावश्यक कुरा ल्याएर सरकारको ध्यान विकेन्द्रित गर्ने प्रयास गरेपनि देश विकास लागि सरकारले लिएका नीति र कार्यक्रमहरू कसरी छिटो कार्यान्वयन गर्ने भन्नेमा सरकारको ध्यान रहेको उनले बताए ।

२०४६ सालको परिवर्तनपछि देश तीव्र विकासको क्रममा रहेको बताउँदै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा बनेजति पुल र सडकहरू न इतिहासमा बनेको थियो, न भविष्यमा नै बन्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार