
काठमाडौं । प्रतिपक्षी दलहरुको बैठक सुरु भएको छ । संविधान र गणतन्त्र पक्षधर प्रतिपक्षी दलहरूको बैठक अहिले बसिरहेको हो ।
बैठकमा कुन कुन एजेण्डामा छलफल भइरहेको छ भन्नेबारे केही पनि खुलाइएको छैन ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल लगायतका नेताहरु सहभागी भएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend