काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयले आज संसद तातेको छ ।
विपक्षी दलका सांसदहरुले प्रतिनिधिसभा बैठकमा कुलमानलाई निर्देशक पदबाट हटाइएको विषयमा विरोध गरेका छन्।
बुधबार बसेको बैठकमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीले जबाफ नदिएसम्म संसद् चल्न नदिने बताए।
त्यसपछि विपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाए । त्यसपछि बैठक अघि बढ्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस