२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

सत्तागठबन्धन बैठक : भूमि अध्यादेश अगाडि नबढाउन सहमत

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । सत्तारुढ दलहरु भूमिसम्बन्धी अध्यादेश अगाडि नबढाउन सहमत भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको हो । उक्त बैठकमा भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए ।

उक्त अध्यादेश अगाडि बढाए सत्तारुढ जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने अडान लिएको थियो, जसका कारण राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको थियो । राष्ट्रिय सभामा अन्य पाँचवटा अध्यादेश प्रतिस्थापन विधेयकहरु पारित गर्ने प्रक्रियामा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि अध्यादेश अगाडि नबढाउने स्पष्ट पारेका हुन् । तर, भूमि अध्यादेश भने दुवै सभाबाट स्वीकृत समेत हुन सकेको थिएन ।

यो अवस्थामा भूमि अध्यादेश फिर्ता लिएर अगाडि बढ्ने विषयका सत्तारुढ दलहरूका बीचमा सहमति भएको हो ।

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार