आइतबार, चैत्र १७ २०८१

आइतबार, चैत्र १७ २०८१

आज पनि संसद चल्न नदिने अडानमा प्रतिपक्ष

आज पनि संसद चल्न नदिने अडानमा प्रतिपक्ष

काठमाडौं । प्रतिपक्ष दलहरूले आज बिहीबार पनि संसदमा अवरोध जारी राख्ने भएका छन्।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयबारे सरकारसँग जबाफ माग्दै संसदका सबै विपक्षी दलहरु एकजुट भएका छन् । उनीहरुले हिजो बुधबारको संसद बैठक पनि अवरोध गरेका थिए ।

कुलमानलाई सरकारले हटाएको भन्दै विपक्षीहरुले असहमति जनाउँदै विरोध जनाएका हुन्

कुलमानलाई बर्खास्त गरेको आरोप लगाउँदै त्यसबारेमा प्रधानमन्त्रीले सदनलाई जबाफ नदिएसम्म बैठक चल्न नदिने अडान विपक्षीको छ ।

प्रतिपक्षले प्रधानमन्त्रिको चित्त बुझ्दो जवाफ नआएसम्म संसद चल्न नदिने बताएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend