आइतबार, चैत्र १७ २०८१

आइतबार, चैत्र १७ २०८१

संसदको अवरोध हटाउन प्रमुख सचेतकसंग सभामुख निरन्तर छलफलमा

संसदको अवरोध हटाउन प्रमुख सचेतकसंग सभामुख निरन्तर छलफलमा

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिपक्ष दलले गरेको अवरोध खुलाउने प्रयास गरी रहेका छन् ।

बुधबार संसदको कामकारबाही अगाडि बढ्न नसकेपछि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तथापि, बुधबारको प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन ।

आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने कार्यसूची थियो । तर अहिलेसम्म बैठक बसेको छैन ।  बैठक अगाडि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका सचेतकसँग छलफल गरि राखेका हुन् । सभामुख आज हुने बैठक बिना अवरोध चलाउन चाहान्छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरुसँग छलफल जारी रहेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेका छन् । प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend