
काठमाडौं । प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै उनीहरूले बैठक अवरोध गरेका हुन् ।
प्रतिपक्षीको अवरोध कायम भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले आजै एक घण्टापछि बस्नेगरी बैठक स्थगित गरेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend