२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

प्रतिनिधि सभा बैठकको समय परिवर्तन, विपक्षीको अडान कायमै

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । प्रतिनिधि सभाको आज बिहान ११ बजेको लागि बोलाइएको बैठक २ बजेमात्र बस्ने भएको छ ।

संसद सचिवालयले सूचना जारी गर्दै बैठक २ बजेका लागि तय भएको जनाकारी दिएको छ ।

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएसँगै विपक्षी दलहरुले संसद् अवरोध जारी राखेका छन् । बुधबार पनि संसद बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।

आजको बैठक विना अवरोध सञ्चालनका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेपनि विपक्षी आफ्नो मागमा अडिग रहेकाले बैठक २ बजेसम्मका लागि स्थगित गरेको हो ।

यस्तो छ संसद सचिवालयले जारी गरेको सूचना

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार