आइतबार, चैत्र १७ २०८१

आइतबार, चैत्र १७ २०८१

प्रतिनिधि सभा बैठकको समय परिवर्तन, विपक्षीको अडान कायमै

प्रतिनिधि सभा बैठकको समय परिवर्तन, विपक्षीको अडान कायमै

काठमाडौं । प्रतिनिधि सभाको आज बिहान ११ बजेको लागि बोलाइएको बैठक २ बजेमात्र बस्ने भएको छ ।

संसद सचिवालयले सूचना जारी गर्दै बैठक २ बजेका लागि तय भएको जनाकारी दिएको छ ।

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएसँगै विपक्षी दलहरुले संसद् अवरोध जारी राखेका छन् । बुधबार पनि संसद बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।

आजको बैठक विना अवरोध सञ्चालनका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेपनि विपक्षी आफ्नो मागमा अडिग रहेकाले बैठक २ बजेसम्मका लागि स्थगित गरेको हो ।

यस्तो छ संसद सचिवालयले जारी गरेको सूचना

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend