२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

राजावादीहरुको आन्दोलनको कमाण्डर बने दुर्गा प्रसाईं

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । शुक्रबार राजधानीमा हुने भनिएको राजावादीहरुको आन्दोलनको कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको छ ।

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक नवराज सुवेदीले जानकारी दिए ।

सो समूहलाई प्रदर्शनका लागि काठमाडौं प्रशासनले तिनकुनेको स्थान तोकेको छ । प्रसाईं नेतृत्वमा हुने जनप्रदर्शनको अपनत्व संयुक्त जनआन्दोलन समितिले लिएको संयोजक सुवेदीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक सुवेदीले डा। धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको जानकारी पनि दिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार