आइतबार, चैत्र १७ २०८१

आइतबार, चैत्र १७ २०८१

राजावादीहरुको आन्दोलनको कमाण्डर बने दुर्गा प्रसाईं

राजावादीहरुको आन्दोलनको कमाण्डर बने दुर्गा प्रसाईं

काठमाडौं । शुक्रबार राजधानीमा हुने भनिएको राजावादीहरुको आन्दोलनको कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको छ ।

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक नवराज सुवेदीले जानकारी दिए ।

सो समूहलाई प्रदर्शनका लागि काठमाडौं प्रशासनले तिनकुनेको स्थान तोकेको छ । प्रसाईं नेतृत्वमा हुने जनप्रदर्शनको अपनत्व संयुक्त जनआन्दोलन समितिले लिएको संयोजक सुवेदीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक सुवेदीले डा। धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको जानकारी पनि दिए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend