२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

आज उपत्यकामा गणतन्त्र पक्षधर र राजावादी समूहको प्रदर्शन

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । आज काठमाडौंमा गणतन्त्र पक्षधर र राजावादी समूहले प्रदर्शन गर्दैछन्।

दुई पक्षबीचको प्रदर्शन एकैदिन हुने भएपछि सरकार र स्थानीय प्रशासनले उपत्यकाको सुरक्षालाई चुस्त बनाएका छन्। प्रदर्शनका लागि निश्चित क्षेत्र तोकिएको छ भने सोही अनुसारको सुरक्षा व्यवस्था गरिएको हो ।

गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डप र राजतन्त्र पक्षधर समूहलाई तीनकुनेमा विरोध सभा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।

गणतन्त्र पक्षधरको प्रदर्शन समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपा विप्लव समूह मिलेर गर्दैछन् ।

त्यसैगरी राजतन्त्रसहितको हिन्दुराज्यको माग राखी राप्रपासहित विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नामबाट प्रदर्शनको तयारी गरेको छ।

गणतन्त्र पक्षधर समाजवादी मोर्चाले विभिन्न आठ रुट माइतीघर मण्डला, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्तिबाटिका, मैतिदेवीबाट र्‍यालीसहित प्रदर्शन गर्दैछ। उनीहरुको कोणसभा भृकुटीमण्डपमा हुनेछ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार