सोमबार, चैत्र १८ २०८१

सोमबार, चैत्र १८ २०८१

समाजवादी मोर्चाको सभालाई चार नेताले सम्बोधन गर्ने, नेता खनाल उपस्थित नहुने

समाजवादी मोर्चाको सभालाई चार नेताले सम्बोधन गर्ने, नेता खनाल उपस्थित नहुने

काठमाडौं । समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौंको प्रदर्शनीमार्गमा गर्ने खबरदारी सभामा पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार नेताले सम्बोधन गर्ने भएका छन् ।

सभालाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपाका प्रमुख नेताहरू क्रमशः पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ र महिन्द्र राय यादवले सम्बोधन गर्ने बताइएको छ ।

चार दलका शीर्ष नेताहरुले मात्र सभालाई सम्बोधन गर्ने भएपछि आफू जान जरुरी नभएको भन्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सभामा उपस्थित नहुने भएका छन् । आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको र सभामा जान सक्ने अवस्था पनि नभएको उनले बताएका छन् । समाजवादी मोर्चाले प्रदर्शनीमार्गको मुख्य सडकमा नै मञ्च तयार गरेको छ ।

त्यसैगरी आज राजतन्त्र पक्षधरले नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन गर्दैछन् । दुवै प्रदर्शनअघि उपत्यकाका विभिन्न स्थानबाट सुरु भएर र्‍याली जुलुसहरु तोकिएका स्थानमा जम्मा हुने क्रम जारी छ । फरक–फरक दुई प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend