२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

राजावादीहरूको प्रदर्शन उग्र, व्यक्तिको घर तोडफोड

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शन उग्र भएको छ ।

उनीहरुले ढुंगा प्रहार गरी व्यक्तिका घरको सिसा छियाछिया हुनेगरी फुटाएका छन् । उनीहरुले घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका छन् ।

तीनकुनेको रोयल बैंक्वेट छेउको दुईटा घरमा प्रदर्शनकारी छिरेर उनीहरुले आगजनी गरेका हुन् ।

तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको थियो । प्रहरीले तीनकुनेबाट केही प्रदर्शनकारीलाई पक्राउ समेत गरेको छ ।

विभिन्न ठाउँबाट र्‍यालीसहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार