
काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शन उग्र भएको छ ।
उनीहरुले ढुंगा प्रहार गरी व्यक्तिका घरको सिसा छियाछिया हुनेगरी फुटाएका छन् । उनीहरुले घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका छन् ।
तीनकुनेको रोयल बैंक्वेट छेउको दुईटा घरमा प्रदर्शनकारी छिरेर उनीहरुले आगजनी गरेका हुन् ।
तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको थियो । प्रहरीले तीनकुनेबाट केही प्रदर्शनकारीलाई पक्राउ समेत गरेको छ ।
विभिन्न ठाउँबाट र्यालीसहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किएको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend