२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

पूर्वराजालाई प्रचण्डको चेतावनी : इतिहासमा फर्कने दुस्साहस नगरियोस्, खबरदार !

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न चेतावनी दिएका छन् ।

समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरुको तीनकुनेमा भएको प्रदर्शनलाई मन्डले अराजकताहरुको सभाको संज्ञा दिएका छन् ।

‘प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी दिँदै भने, ‘नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगरियोस् । विगतमा उनले धेरै गल्ती गरे । त्यो गल्तीको परिणाम भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन । खबरदार ।’

आफूहरुले विरोध सभा घोषणा गरेपछि राजावादीहरुले पनि सोही दिन आन्दोलन घोषणा गरेको उनले बताए । उनले भने, ‘हामीले चैत १५ गते प्रदर्शन र सभा गर्ने घोषणा गरिएको थियो। हामीले घोषणा गरेपछि राजावादीहरुले पनि आजकै दिन राखे । उत्तेजित र आतंकित पार्ने मनसाय दिएको थियो। तर, मैले आज यहाँ बोल्दैगर्दा मैले सुरक्षा निकायसँग लगातार बुझिराखेको छु । बाह्र बर्ष ढुंग्रामा हालेपनि कुकुरको पुच्छर बांगै भनेकोजस्तो त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठ भएको छ । तीनकुने अहिले मण्डले अराजकताको । त्यहाँ घरमा आगो लगाएका छन्, पुलिसमाथि ढुंगा प्रहार गरेका छन्। मण्डलेहरुले। उनीहरुले केही मान्छे मरुन् देशैभरी आतंक मच्चियोस् भन्ने चाहेका छन्, त्यो राजावादीहरुको चरित्र हो ।’

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार