
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न चेतावनी दिएका छन् ।
समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरुको तीनकुनेमा भएको प्रदर्शनलाई मन्डले अराजकताहरुको सभाको संज्ञा दिएका छन् ।
‘प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी दिँदै भने, ‘नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगरियोस् । विगतमा उनले धेरै गल्ती गरे । त्यो गल्तीको परिणाम भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन । खबरदार ।’
आफूहरुले विरोध सभा घोषणा गरेपछि राजावादीहरुले पनि सोही दिन आन्दोलन घोषणा गरेको उनले बताए । उनले भने, ‘हामीले चैत १५ गते प्रदर्शन र सभा गर्ने घोषणा गरिएको थियो। हामीले घोषणा गरेपछि राजावादीहरुले पनि आजकै दिन राखे । उत्तेजित र आतंकित पार्ने मनसाय दिएको थियो। तर, मैले आज यहाँ बोल्दैगर्दा मैले सुरक्षा निकायसँग लगातार बुझिराखेको छु । बाह्र बर्ष ढुंग्रामा हालेपनि कुकुरको पुच्छर बांगै भनेकोजस्तो त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठ भएको छ । तीनकुने अहिले मण्डले अराजकताको । त्यहाँ घरमा आगो लगाएका छन्, पुलिसमाथि ढुंगा प्रहार गरेका छन्। मण्डलेहरुले। उनीहरुले केही मान्छे मरुन् देशैभरी आतंक मच्चियोस् भन्ने चाहेका छन्, त्यो राजावादीहरुको चरित्र हो ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend