मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

अन्ततः सदनलाई सम्बोधन गर्न तयार भए प्रधानमन्त्री ओली

अन्ततः सदनलाई सम्बोधन गर्न तयार भए प्रधानमन्त्री ओली

काठमाडौं । अन्ततः विपक्षी दलको अडानपछि संसद् अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् ।

शुक्रबार सभामुख देवराज घिमिरेसहित बसेको प्रमुख प्रतिपक्ष, प्रतिपक्ष दल र सत्तापक्षीय दलका प्रमुख सचेतकहरू बीचको छलफलबाट यो सहमति जुटेपछि उनले चैत १८ गते सदनमा सम्बोधन गर्ने भएका हुन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले विपक्षी दलले उठाएका विषयमा चैत्र १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको थियो ।

विपक्षी दलहरूले घिसिङको बर्खास्तीको विषयमा सदन अवरुद्ध गर्दै आएका छन् । यो विषयमा प्रधानमन्त्री ओलीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend