मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिए ।

शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन्। बैठक बेलुका ८ बजे बस्नेछ।

तीनकुनेलाई केन्द्र बनाएर प्रदर्शन र सभा गर्ने तयारीमा रहेका राजावादीहरूको प्रहरीसँग झडप भएपछि राजावादीहरु अराजक भएका हुन् ।

उनीहरु आगजनी र तोडफोडमा उत्रिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेर तीनकुने क्षेत्रमा नेपाली सेना खटाएको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend