मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

रविन्द्र मिश्र, धवल शम्शेर र स्वागत नेपाल पक्राउ, नवराज सुवेदीलाई नजरबन्द दुर्गा प्रसाईं अझै फरार

रविन्द्र मिश्र, धवल शम्शेर र स्वागत नेपाल पक्राउ, नवराज सुवेदीलाई नजरबन्द दुर्गा प्रसाईं अझै फरार

काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरा पक्राउ परेका छन् ।

आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । केएमसी अस्पतालबाट घाइते भेटेर फर्कने क्रममा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

यस्तै आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंलाई प्रहरी खोजी गरिरहेको छ । तर पक्राउ पर्ने सुचना पाए लगत्तै प्रसाईं मुबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।

राजावादीहरुको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल पनि पक्राउ परेका छन् । उनलाई शुक्रबार राति बागबजारस्थित आफ्नै ल फर्मबाट प्रहरीले पक्राउ गरेको हो ।

यता राजावादीका संयोजक नवराज सुवेदीलाई घरमै निगरानीमा राखिएको छ । गुह्वेश्वरी हाइटस्थित निवासमै प्रहरीले उनलाई नजरबन्द गरेको हो ।

शुक्राबार राजावादीलेहरुले शान्तिपूर्ण प्रदर्शन गर्ने भनेपनि आन्दोलन हिसात्मक बनेको थियो । आन्दोलनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । भने दर्जन बढी प्रहरी र प्रदर्शनकारी घाइते भएको थिए ।

प्रदर्शनकारीहरुले विभिन्न स्थानमा तोडफोड गर्नुका साथै लुटपाट र आगजनी समेत गरेका थिए । राजावादीहरु अराजक बनेपछि काठमाडौंका तीनकुने आसपासको क्षेत्रमा शनिबार बिहान सात बजेसम्म कर्फ्य जारी गरिएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend