२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अवलोकन गर्न पुगे शीर्ष नेता

शनिवार , चैत्र १५, २०८१

काठमाडौँ । समाजवादी मोर्चा नेपालका नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा निरीक्षण गरेका छन् ।

विभिन्न धार्मिक संघ संस्था तथा राजवादी समर्थकको समूहले शुक्रबार पार्टी कार्यालयमा तोडफोड गरेकाले त्यसको क्षतिबारे बुझ्न शीर्ष नेताहरु आलोकनगर पुगेका हुन् ।

निरीक्षणका क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलगायतका नेताहरूले घटनाक्रमको वस्तुस्थितिबारे जानकारी लिए ।

निरीक्षणका क्रममा भवनका अधिकांश सिसा फुटेका, फर्निचर तथा महत्वपूर्ण कागजात जलाइएको पाइएको छ । त्यस अवसरमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रतिगामी शक्तिले गरेको हिंसात्मक गतिविधिको सरकारले छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्नुपर्ने बताए ।

गणतन्त्र, संविधान र व्यवस्था विरोधी समूहले भौतिक संरचना तोडफोड, आगजनी गरेको घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार