२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

गृहमन्त्रीलाई माधव नेपालको प्रश्न : प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन् ?

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘तपाईंको आदेश प्रहरी प्रशासनले नमानेको हो ?’ भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन्।

शनिबार नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा शुक्रबार आन्दोलनकारीहरुले तोडफोड गरी पुर्याएको क्षतिको अनुगमन गर्न पुगेका गृहमन्त्री लेखकलाई उनले यस्तो प्रश्न गरेका हुन् । शुक्रबार राजावादीहरुले तीनकुनेमा प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पत्ति तोडफोड गरी क्षति गरेका थिए ।

सोही क्रममा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए । पार्टी कार्यालयमा आन्दोलनकारीले आगो लगाएको बारेमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले हेलचेक्र्याँई गरेको पार्टीका नेताहरु बताउँछन् ।

गृहमन्त्री लेखकलाई अवलोकनका क्रममा पार्टी कार्यालय पुग्दा अध्यक्ष नेपालले भने, ‘आधा घण्टा वा १५ मिनेट पहिला आन्दोलनकारीहरु आएको भए केही रहँदैन थियो । तपाईंको आदेश नमानेको हो कि हामीलाई शंका त त्यो लागिरहेको छ ।’

राजावादीहरुले शुक्रबार तीनकुनेमा निजी सम्पत्तिमा आगजनी गर्नुका साथै बाटोमा गुडिरहेका सवारी साधन, भाटभटेनी, पार्टी कार्यालयहरु र जडिबुटीस्थित जडिबुटी प्रशोधन केन्द्र लगायतका सम्पत्तिहरुमा आगजनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार