बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

बंगलादेश मोडेलमा सत्तापलट गर्ने पूर्वराजा शाहको योजना अनुसार आपराधिक क्रियाकलाप भयो : पोखरेल

बंगलादेश मोडेलमा सत्तापलट गर्ने पूर्वराजा शाहको योजना अनुसार आपराधिक क्रियाकलाप भयो : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको योजना अनुसार गत शुक्रबार काठमाडौंमा आपराधिक क्रियाकलाप भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजावादी समूहबाट भएको उक्त आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाउन खोजिएको भन्दै आपत्ति समेत जनाएका छन् ।

उनले लेखेका छन्– ‘पूर्वराजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईँद्वारा परिचालित गरिएका हुल्लडबाजहरूले गरेको आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनिको ओभाने बन्न खोजिरहेका छन् राजावादीहरू । तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ ।’

यस्तो छ पोखरेलको स्टाटस

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend