२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, आज साँझ बस्ने

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले आइतबार साँझ साढे ६ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गणतन्त्र पक्षधर दलहरुको बैठक बोलाइएको हो ।

गत शुक्रबार तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन र पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । प्रदर्शनमा तोडफोड र आगजनी भएको भने दुई जनाको मृत्युसमेत भएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार