
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले आइतबार साँझ साढे ६ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गणतन्त्र पक्षधर दलहरुको बैठक बोलाइएको हो ।
गत शुक्रबार तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन र पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । प्रदर्शनमा तोडफोड र आगजनी भएको भने दुई जनाको मृत्युसमेत भएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend