२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

'भेटेको ठाउँमा गोली हान्नु' भन्ने प्रधानमन्त्रीको आदेशपछि सुरक्षित बसेको हुँ, भागेको होइन : दुर्गा प्रसाईं

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले शुक्रबारको प्रदर्शनमा आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि ज्यान जोगाएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो पोष्ट गर्दै आफू ज्यान जोगाउन प्रहरीको घेरा तोड्न बाध्य भएको बताउँदै प्रहरी र दिनःदुखीलाई माया गर्ने मानिस आफू जत्तिको अरु नभएको दाबी गरेका छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए ।

उनले भनेका छन्, ‘प्रहरीलाई लाग्यो होला दुर्गा प्रसाईले प्रहरीलाई पेल्यो भनेर, माथि बसेर मलाई टार्गेट बनाएको बुझिसकेको थिएँ । तीनकुनेको स्टेजमा पुग्दा मेरो कानको छेउबाट गोली गयो । स्टेजमा टियर ग्यास प्रहार भएपछि मलाई मार्ने थाहा पाएपछि प्रहरीको ब्यारिकेटमा सुरक्षित हुन म पुगेको हुँ ।’

पुलिस प्रशासनले आफूलाई खोज्नु नपर्ने बताउँदै ‘भेटेको ठाउँमा गोली हान्नु’ भन्ने प्रधानमन्त्रीको आदेशपछि सुरक्षित मात्र बसेको स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘म भागेको होइन, म झुक्नको लागि जम्नेको होइन । बरु म मर्छु तर तपाईहरुकै अगाडि मर्छु । ’

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार