२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

पार्टी सभापतिको जिम्मेवारीमा फर्किँदै रवि लामिछाने

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिको जिम्मेवारीमा फर्किने भएका छन् ।

उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी भएर सभापतिको जिम्मेवारीमा फर्किने कार्यसूची तय भएको छ ।

भोलिको पहिलो बैठकमा कार्यवाहक सभापति डीपी अर्यालबाट धन्यवाद ज्ञापन हुने र पार्टी सभापति लामिछानेको सभापतित्वमा दोस्रो बैठक बस्ने गरी पहिलो बैठकको समापन हुने प्रवक्ता मनिष झाले बताएका छन् । उनका अनुसार दिउँसो ३ बजेदेखि निरन्तर दुई वटा बैठक घण्टीघरमा राखिएको छ ।

गत कात्तिक २ गते सहकारीको रकम अपचलनको मुद्धामा लामिछानेलाई पार्टी कार्यालयबाटै प्रहरीले पक्राउ गरेको थियो ।

४ सहकारीको रकम अपचलनको मुद्धामा अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार