
काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलको घटनामा जिम्मेवार रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।
शुक्रबार राति पक्राउ परेका मिश्रलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ । उनीसँगै दुर्गा प्रसाईँको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी, सन्तोष राजावादीलगायतलाई हतकडी लगाएर लगिएको हो ।
राज्यविरुद्धको कसुरमा मिश्र र राप्रपाका महामन्त्री धवल शमशेर राणासहित ११ विरुद्ध मुद्दा दर्ता गरेर म्याद थप हुँदैछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend