२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

सालिन प्रदर्शनको लागि समाजवादी मोर्चालाई धन्यवाद : प्रधानमन्त्री

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । गत शुक्रबार समाजवादी मोर्चाले राजधानी काठमाडौंमा गरेको जनप्रदर्शन सालिन भएको भन्दै प्रधानमन्त्रीले धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सालिन जुलुससहित भएको प्रदर्शनका आयोजकहरुलाई धन्यवाद ज्ञापन गर्दछु । हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै हो भन्ने म ठान्छु । ’

सोही दिन चैत १५ गते तीनकुने क्षेत्रमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनको जिम्मा पूर्वराजाले लिनुपर्ने पनि उनले बताएका छन्। यो घटनामा उनले उन्मुक्ति नपाउने प्रधानमन्त्री ओलीले बताएका छन्। तीनकुने घटनाबारे प्रतिनिधि सभामा जबाफ दिँदै उनले पूर्वराजा ज्ञानेन्द्र शाहकै उक्साहटमा अराजकता मच्चिएको बताएका हुन्।

उनले भने, ‘तत्कालीन राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देउ’ भन्दै बक्तव्यवाजी गर्नुभयो। त्यसको लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो। फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो। र, चैत १४ गते समाज विथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित जनकमाण्डर तोक्नु भयो र हिंसात्मक वारदातका लागि खटाउनु भयो,’ उनले भने।

तीनकुनेको प्रदर्शनका आयोजक नै को हुन् भन्नेमा आशंका र दुविधा रहेको पनि उनले बताएका छन् । उनले भनेका छन्, ‘तीनकुनेमा अर्को सभाको आयोजना भयो, त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशंका र दुविधा छ । त्यस कार्यक्रमका उद्धेश्य जे बताइँदै थियो, त्यसमाथि नै आशंका आधार थिए । दुविधा यस अर्थमा थियो, त्यसका आयोजक मध्ये केही नाम यस सम्मानित सदनमा उपस्थित दलका नेताहरुको पनि थियो ।’

सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्ड भ्रमणबारे संसदलाई जानकारी दिएका छन् । प्रधानमन्त्री ओली भोलि मंगलबार थाइल्याण्डको बैंकक प्रस्थान गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट