२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष एवम पुर्व अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।

मंगलबार विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका क्रममा पौडेललाई अदालतमा उपस्थित गराएको थियो। सरकारी वकिल तथा प्रतिवादी पक्षका कानुन व्यवसायीहरूको बहस सुनेपछि अदालतले अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

विभागको पत्रका आधारमा सोमबार नेपाल प्रहरी अन्तर्गतको सुर्खेत प्रहरीले पौडेललाई पक्राउ गरेको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अनुसन्धान भइरहेको जनाइएको छ।

photo-collage.png (2).png

अदालतमा सरकारी वकिलले घटनाको प्रभावकारी अनुसन्धानका लागि थुनामा राखेर अनुसन्धान गर्न आवश्यक रहेको दाबी गरेका थिए। यता पौडेल पक्षका कानुन व्यवसायीहरूले तत्काल पक्राउ पुर्जीको आवश्यकता नरहेको, उनी फरार हुने सम्भावना पनि नभएको भन्दै परिवार वा कानुन व्यवसायीको जिम्मामा छाडेर अनुसन्धान गर्न आग्रह गरेका थिए।

तर दुवै पक्षको बहस र प्रस्तुत आधारहरू अध्ययन गरेपछि विशेष अदालतले अनुसन्धानको आवश्यकतालाई मध्यनजर गर्दै पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट