काठमाडौं / सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ। उनीमाथि अनुसन्धान जारी रहेको बताइएको छ।
हिजो सुर्खेतमा पक्राउ परेका पौडेललाई बाँके हुँदै स्थलमार्गबाट मंगलबार मध्यान्ह ललितपुरको पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्याइएको हो ।
विभागले आवश्यक प्रक्रिया पूरा गरी म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी गरेको छ । विभागले सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ । कार्यालयको प्रक्रिया सकेपछि म्याद थपको लागि अदालत लगिने कार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस