२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

जेनजी आन्दाेलनमा आगजनीमा परेकाे बौद्धस्थित भाटभटेनी भोलिदेखि सञ्चालनमा

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । बौद्धस्थित भाटभटेनी सुपर स्टोर भोलिदेखि सञ्चालनमा आउने भएको छ । भाट–भटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलका अनुसार भोलिदेखि स्टोरले दैनिक रूपमा नियमित सेवा प्रदान गर्नेछ । ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धताका साथ स्टोर सञ्चालनको तयारी पूरा भएको उनले जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा ११ वटा स्टोर जलेर पूर्णरूपले नष्ट भएका थिए । साथै बालुवाटास्थित वेयरहाउस पनि आगजनी भएको थियो । तीमध्ये वेयरहाउस र अरू ४ वटा स्टोर सञ्चालनमा आइसकेका छन् । बौद्धस्थित स्टोर पुनः सञ्चालनमा आउन लागेको पाचौं स्टोर हो । यसअघि कोटेश्वर, पोखरा, चितवन र महाराजगञ्जमा रहेका स्टोर पुनः सञ्चालनमा आइसकेका छन् ।

भाटभटेनीले लामो समयदेखि ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूबाट प्राप्त निरन्तर साथ, सहयोग र विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ । ‘हामी हाम्रा आदरणीय ग्राहकहरूलाई पुनः गुणस्तरीय सेवा दिन पाउँदा अत्यन्तै खुसी छौं र आगामी दिनमा पनि यहाँहरूको साथ रहने अपेक्षा गर्दछौं,” प्रमुख सञ्चालन अधिकृत पौडेलले भने ।

b79650af-032c-4276-8188-ab37b13c0042.jfif
fdc16315-5101-41aa-a7ce-602a80c5f39e.jfif
2b8b1b1b-8502-447d-a703-ddf4e004c65f.jfif
edb5f7b6-f236-4031-ae06-3153f9ebfe9a.jfif

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट