काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अमलेट खाने क्रममा माछाको काँडा भेटिएको विषयमा आएको समाचारको खण्डन गरेका छन् ।
सो विषयमा होटलका कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिएको भन्दै समाचार आएपछि गृहमन्त्रीले समाचारको खण्डन गरेका हुन् ।
चितवनको लड्स प्लाजा होटलमा आज अमलेट खाने क्रममा माछाको हड्डी भेटेको र खाद्य विभागले अखाद्य वस्तुको विषयमा होटल सञ्चालक टिमसँग सामान्य सोधपुछ मात्र गरिएको गृहमन्त्रीले बताएका छन् । साथै, उनले कुनैपनि कर्मचारीलाई पक्राउ नगरिएको जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस