२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

ज्ञानेन्द्र शाहले जनताको घर जलाउन पठाएः एमाले सांसद भट्टराई

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । नेकपा एमाले का सांसद योगेशकुमार भट्टराईले पुर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाएका छन ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेको भन्दै उनलाई दिएको सेवा सुविधा कटौति गर्नेबारे सोच्नुपर्ने बताए । उनले पूर्वराजाले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेकोले उनलाई दिइएको सेवा सुविधा कायम रहन्छ कि रहँदैन भन्दै प्रश्न गर्दै सरकारसँग जवाफ माग गरेका छन् ।

उनले भने, ‘पूर्वराजा शाहलाई सरकार पूर्वराष्ट्राध्यक्षको हिसावले यो राज्यले सेवा सम्मान दिन्छ भनेर दिएको हो । आज त्यो सम्झौता पनि ज्ञानेन्द्र शाहले भंग गर्नुभयो। त्यसैले आज म यो संसदमार्फत प्रश्न गर्न चाहन्छु । सम्झौता भंग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुदैन म सरकरालाई सोध्न चाहान्छु । उहाँले सम्झौता भंग गर्नुभयो । उहाँले लफंगाहरुलाई जनकमाण्डर बनायो । तीनकुनेमा ताण्डव नृत्य नचाउन पठाउनु भयो । म फेरि भन्छु । निर्मल निवासबाट लफंगाहरुलाई माला लगाएर जनताको घर जलाउन पठाउनु भयो । तपाईको सम्झौता भंग भयो । त्यसैले तपाईलाई दिइएको सेवासुविधा के हुन्छ सरकारले जवाफ दिनुपर्यो ।’

उनले पृथ्बीनारायण शाह र बहादुर शाह बाहेकका राजाले राष्ट्र जोगाउने काम गर्न नसकेको बताए। उनले नेपालको सीमाना कहाँ थियो आज कहाँ छ भन्दै प्रश्न समेत गरेका छन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट