२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

सञ्चार मन्त्रीले भने : मेरो बोल्ने शैली सच्याउने प्रतिबद्धता गर्दछु

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो बोल्ने शैलीले कसैलाई चोट परेको भए क्षमा माग्दै आगामी दिनमा शैली सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आफूले कसैलाई होच्याउनका लागि अभिव्यक्ति नदिएको भन्दै भने, ‘मेरो यो शैलीले गर्दा तपाईंहरूलाई चोट लागेछ भने म आफ्नो शैली सच्याउने प्रतिबद्धता जाहेर गर्दछु ।’

उनले अगाडि थपे, ‘एउटा कुरा मैले आज बोल्नैपर्ने भएको छ । मेरो जिब्रो सोझो छ । सिधा छ । घुमाउरो छैन । म फेरि एग्रेसिप लोजिकमा विश्वास गर्छु । शैलीका हिसाबले पनि । मैले कुनै मान्यको अपमान गर्ने ढंगले बोलेको पनि थिएन । मेरो मनमा एक प्रतिशत पनि छैन ।’

पछिल्लो समय मन्त्री गुरुङको बोल्ने शैलीको संसद्‌मा आलोचना हुँदै आएको थियो। उनको शैलीलाई लिएर राष्ट्रिय सभामा सांसदहरूले चर्को आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट