२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

संसदमा छलफल गर्नु लोकतन्त्रको सुन्दरताः अर्थमन्त्री

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले संसदमा विधेयकमाथि सांसदहरुले राखेको जिज्ञासा समाधानका लागि केही थप कोर्ष आवश्यक भएको बताएका छन् ।

सोमवार राष्ट्रिय सभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ माथिको दफावार छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन। उनले कुनै पनि विषयमा संसदमा छलफल गर्नु लोकतन्त्रको सुन्दरता भएको बताए । विधेयकमाथिको छलफलमा सांसदहरुले विवेक र तर्कपूर्ण विचार राखेको उनको भनाइ छ ।

उनले भने, ‘माननीयहरुले उठाउनुभएका विषयहरुमा मैले त्यसमा पुनरयुक्ति गर्न आवश्यक ठानेको छैन । यसभन्दा अगाडि पनि हामीले यिनै विषयहरुमा छलफल गरेका छौँ । माननीयहरुले तर्कपूर्ण रुपमा आफ्ना विचार राख्नुभएको छ । मैले जवाफ दिने कोसिस गरेको छु । हामीलाई त्यो सहमतीमा पुग्न अझै केही कोर्ष यात्रा गर्नुपर्छ जस्तो मलाई लाग्छ । र यो लोकतन्त्रको सुन्दरता पनि हो कि हामी छलफलका माँझबाट अगाडि बढ्छौँ ।’

मन्त्री पौडेलले सांसदहरुले उठाएका विषयको उच्च सम्मान गर्दै आगामी दिनमा संसदमा छलफल गर्दै जाने बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट