२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

दुई तिहाइको सरकारले ज्यूँदै छोड्नु नै मेरो जित हो : रवि लामिछाने

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुई तिहाइको सरकारले ज्यूँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन्।

सोमबार पार्टी कार्यालय बनस्थलीमा आयोजित केन्द्रीय समिति बैठकअघि समर्थक र पत्रकारहरुलाई एकमुष्ट सम्बोधन गर्दै उनले भनेका छन्, ‘म यत्ति भन्न चाहन्छु यिनीहरुको दुई तिहाइको सरकारले मलाई ज्यूँदै छोडेको छ यही नै मेरो जित हो । शरीरमा एक थोपा रगत हुँदासम्म लुटतन्त्रको विरोधमा उभिनेछु । जतिवटा मुद्दा लगाउनु छ लगाउ, ज्यान मार्नु छ मार ।’

उनले करिब ५ महिना अगाडि सरकारले जबरजस्ती झुटा मुद्दा लगाएर आफूलाई पार्टी कार्यालयबाटै उठाएको स्मरण गर्दै भने, ‘एउटा जिल्लामा मुद्दा नबुझाएर राखेको छ । यसको टाउकोमा एउटा तरबार झुण्ड्याइदियो भने चुप हुन्छ भन्ने लागेको होला । कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल, म थाप्न तयार छु । म लड्छु । जुनसुकै शक्तिसँग लड्छु । तर यो लुटतन्त्रलाई लुटुटुलु हेरेर बस्ने लाछी मान्छे म होइन । अझै गर षडयन्त्र । अदालतप्रति आशा र भरोसा राखेर हरेक अदालतमा पुगेको छु । कुनै दिन मैले चारवटै अदालतमा एकैदिन उपस्थित हुनुपर्छ । जे हुन्छ होस । थप केही मुद्दा लगाउनु छ भने लगाओस् ।’

आफू आजदेखि रास्वपाको सभापतिको कार्यभार पुनः सम्हाल्न लागेको जानकारी दिँदै भने, 'जनतामा रहेको आक्रोशलाई सम्बोधन गर्न हामी तयार हुनुपर्छ, कसैलाई गाली गरेर, होच्याएर केही हुनेवाला छैन, शान्तिपूर्ण अभियान मर्न दिनु हुदैन ।’

सहकारी ठगी प्रकरणमा आफूविरुद्ध अदालतमा मुद्दा दायर हुनुअघि लामिछानेले पार्टीका गतिविधिबाट अगल भएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट